Thursday, September 19, 2013

अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?

अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५ मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ। सन् २०१२ को तथ्याङ्क अनुसार अमेरिकी वायुसेनासँग ५ हजार ४८४ वटा विमान छन्। किन आयो त अमेरिकी सेनाको विमान काठमाडौँमा ?
us

तीन घन्टा बसेर अमेरिकी सेनाको जहाज उड्यो, दूतावासले भन्यो, ‘नो कमेन्ट’

  • 745
     
    34
     
    0
     
    779
     
  • Get News Alerts

अमेरिकी वायुसेनाको जहाज काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टा बसेर साँझ पाँच बजेर दस बजे फिर्ता गएको छ। जहाज दुई बजेर बीस मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो।
 
उक्त जहाज किन नेपाल आयो भन्नेबारे नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी दूतावास दुवैले आधिकारिक रुपमा केही भनेका छैनन्। सेतोपाटीले अमेरिकी दूतावासमा सम्पर्क गर्दा प्रवक्ता रबर्ट डोमेनले ‘नो कमेन्ट’मात्र भने।
 
प्रहरीको अर्को स्रोतका अनुसार जहाजको वरिपरि नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत जान दिइएन।
 
विमानस्थलका सुरक्षा प्रमुख डिआइजी गोपाल भण्डारीले अमेरिकी वायुसेनाको जहाज आएको स्वीकार गर्दै उसले दूतावासका सामान ल्याएको जानकारी दिए। ‘त्यसमा के सामान छन् भन्ने हामीलाई थाहा हुँदैन,’ उनले जानकारी दिए। भण्डारीका अनुसार विमान २:२० मा विमानस्थलमा अवतरण भई ५:१० मा फिर्ता भएको थियो। 
 
सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमणपछि अमेरिकी सरकारले संसारभर रहेका उसका राजदूतावासहरुमा सुरक्षा थप गरेको थियो। काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पनि दूतावासका कर्मचारीको सुरक्षाका लागि अमेरिकी सेना खटिएका छन्। 
 
तस्विर साभार: उमेश श्रेष्ठ / ट्विटर
- See more at: http://setopati.com/raajneeti/4031/#sthash.lGFesKfJ.dpuf

No comments:

Post a Comment